संसद पुनर्स्थापनाको खुसीयालीमा दीप प्रज्वलन (तस्बिरहरू)

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडाैंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ । यस्तै, रत्नपार्कको शान्ति वाटिकामा पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन् । शान्ति वाटिकामा  नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले दीप प्रज्वलन गरेको हो ।


संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै पोखरामा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रचण्ड-माधव समूहका नेता कार्यकर्ताले संसद् पुनर्स्थपानाको खुसीयालीमा पोखराको पृथ्वीचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी पनि गरेका छन् ।


सर्वाेच्च अदालतले संसद पुनःस्थापनाकाे पक्षमा फैसला गरेकाे छ। मंगलबार गरिएको फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन समेत सर्वाेच्चले आदेश दिएकाे छ। फैसलामा ‘संविधान मर्मविपरीत भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना’ गरिएकाे उल्लेख गरिएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर हुने फैसला सुनाएको हो।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।