किन हटाइए प्रदेश प्रमुख तिलक परियार? को हुन् नवनियुक्त राजेश झा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। भण्डारीले प्रदेश प्रमुखमा शुक्रबार नै राजेश झालाई नियुक्त समेत गरेकी छन्। तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। परियार माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका हुन्। कतिपयले परियारको बहिर्गमनलाई उनका स्वकीय र सचिव र नेपाल रेल्वेका महाप्रबन्धकबीचको आपसी विवादलाई पनि हटाइनुको कारण जोडेका छन्।


राजनीतिज्ञहरुले भने संघीय मन्त्रिपरिषद् र राष्ट्रपतिलाई निरंकुशताको संज्ञा दिँदै केपी शर्मा ओली नेतृत्वको सरकारमा यस्ता सरप्राइज भइरहने टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख परियारले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि चालेको कदमविरुद्ध दिएको अभिव्यक्तिलाई पनि पदमुक्तसँग जोडेर हेरेका छन्।


नेपाली कांग्रेसले प्रदेश नम्बर २ को प्रमुख बर्खास्त र नियुक्तिमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिलेसमेत अत्यन्तै गलत र आपत्तिजनक रहेको उल्लेख गरेका छन्।


परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन्। ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन’, परियारले भने ‘साइलेन्ट नै छु । दलित कम्युनिटीको भनेर हटाएकी क्या हो।’ 


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरीसकेकी छन् । प्रदेश प्रमुखमा नियुक्त राजेश झा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक देखिएका बताईएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी राजेश झा राजेश अहिराजका नामले परिचित छन् । पेशाले पत्रकार उनी मधेशबाट पृथक धारको बहस चलाउँदै आएकामा पर्छन् । झाको स्थायी घर रौतहट हो ।

उनले सम्पादन गर्ने मधेशवाणी पत्रिकामा केही वर्षअघि तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले सैन्य भर्ना आह्वान गरेको विज्ञापन छापिएपछि उनीविरुद्ध राज्य द्रोहको मुद्दा समेत लागेको थियो ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।