‘टुँडिखेल मार्च’ : कसले के भने ?

आन्दोलनका अभियन्तामध्येका लेखक खगेन्द्र संग्रौलाले यो आन्दोलनमा जति नागरिक सहभागी देखिए, त्यो भन्दा बढी प्रहरीहरुले सहभागिता देखिएको भन्दै आन्दोलन सफल भएको जिकिर गरे । आन्दोलनका अगुवा पत्रकार नारायण वाग्लेले ७० वर्षपछि सही साइतमा सही ठाउँमा आफ्नो हक जताउन आएकालाई बन्देज लगाएर नेपाली लोकतन्त्रको स्तर आज उदांगो भएको बताए ।

‘टुँडिखेल जनताको हो’ , ‘लोकतन्त्र जिन्दावाद’ लगायतका नारासहित टुँडिखेल मार्च रत्नपार्क हुँदै भद्रकाली र सहिदगेट भएर महाँकाल मन्दिर परिसरमा कोणसभामा परिणत भएको थियो । कवि सपना सञ्जीवनी, राजु स्याङ्तान, कलाकार संगीता उराँवले कविता वाचन गरेका थिए ।


बृहत् नागरिक आन्दोलनले शुक्रबार आयोजना गरेको टुँडिखेल मार्चका क्रममा लेखक तथा अधिकारकर्मी खगेन्द्र संग्रौलाले राखेको धारणाको सारसंक्षेप:


बृहत् नागरिक आन्दोलन क्रममा शुक्रबार टुँडिखेल मार्चपछि महांकालमा आयोजित सभामा लेखक नारायण वाग्लेले दिएको मन्तव्य:


नेपथ्यका गायक अमृत गुरुङले प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाएका छन्।फेसबुकमा उनले राजनीतिक चासोबाट निरुत्साहित गर्न खोज्ने क्रियाकलापलाई अधिनायकवादी सोचको उपज भन्दै आलोचना समेत गरेका छन्।


शुक्रबार दिउँसो टुँडिखेल मार्चपछि आयोजित सभामार्फत 'बृहत् नागरिक आन्दोलन'ले नागरिक घोषणापत्र सार्वजनिक गरेको छ। अभियन्ता जेबी विश्वकर्माले घोषणापत्र वाचन गरी सार्वजनिक गरेका हुन्।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।