कांग्रेसको विरोध सभामा ओली समूहको ढुंगा प्रहार, केन्द्रीय सदस्यसहित नेताहरू घाइते

बैतडीमा कांग्रेसले आयोजना गरेको सभामा ढुंगा प्रहार भयो । ढुंगा प्रहारबाट सभालाई सम्बोधन गर्न पुगेका केन्द्रीय सदस्य एनपी साउदसहित केहि नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् ।

केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसको आरोप छ ।


मंगलबार डिलासैनी गाउँपालिका-३, पनसेरामा आयोजित सभा ढुंगा प्रहार भएको हो। उक्त ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेको भन्दै भन्दै नेपाली कांग्रेसले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग समेत गरेको छ ।


आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी केहि नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । प्रहरी भने झडपपछि मात्रै उक्त स्थलमा पुगेको बताइएको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।