प्रधानमन्त्रीका १,०९३ दिन अर्थात् तीन वर्ष, उनले सुनाएका उपलब्धिहरू के-के हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षको कार्यकाल पूरा गरेका छन्। विं.सं. २०७४ साल फागुन ३ गते बहुमत प्राप्त जनादेशसहित उनी प्रधानमन्त्री बनेका थिए। सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै

 वर्षको कार्यकाल पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने निर्वाचनका लागि तीव्र गतिमा काम भइरहेको बताए। उनले वैशाखमा पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने तयारी भएको बताए।


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने र नयाँ निर्वाचन गराउने आफ्नो निर्णयको प्रतिरक्षा गर्दै "जनादेश राम्रो भईकन पनि जनादेशबाट आएका पात्रहरू उपयुक्त नभएकाले नयाँ पात्रहरूको लागि" चुनावमा जान लागिएको दाबी गरेका छन्।

संसद् विघटनको निर्णय विधिसम्मत रहेको तर्क गर्दै उनले त्यो "पद प्राप्तिका लागि नभई प्रणालीको रक्षाका लागि रहेको बताएका हुन्।


सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदाको भएपनि कारबाही गरेरै छाडिने बताएका छन् । भ्रष्टाचार र राजस्व चुहावटलाई नियन्त्रणमा राख्न सरकार तीन वर्षमा सफल भएको पनि प्रधानमन्त्री ओलीको दाबी छ ।


प्रधानमन्त्री ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरे । प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमै मुलुकको अर्थतन्त्रले लय समातेको दाबी पनि गरे ।  यद्यपी तीन वर्षको औसत आर्थिक वृद्धिदर भने साढे ५ प्रतिशत मात्रै छ ।


प्रधानमन्त्री ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् । उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे ।


प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुअघि आफूले धेरैपल्ट सोचेको समेत बताए। उनले वैकल्पिक सरकारको सम्भावना नरहेपछि आफूले संसद् विघटन गर्नुपरेको बताएका छन् । उनले संसदले पनि आफूलाई असहयोग गरेको गुनासो पनि गरे ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई बिहीबार आठौं पटक सरुवा गरिएको छ । मन्त्रालयमा सरुवा गरिएको साढे चार महिनामा उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको हो ।


सरकारले अब कुनै पनि हालतमा चुनाव गराउँदैन भन्दै उहाँहरू (प्रचण्ड–नेपाल समूह) हिँड्नु भएको छ ,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘ मैले वैशाख १७ र २७ मा चुनाव गराउँछु भनेर भनिरहेको छु । कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरू राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ? जन्मकुण्डली पल्टाउनुहुन्छ कि राजनीति गर्नु हुन्छ । कस्तो भविष्यवाणी हो चुनाव हुँदैन भन्ने ?’  


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्‍याली गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुँदैन, प्रष्ट भए हुन्छ । संसद्‍ विघटनको कदम चुनाव गराउनका लागि चालिएको होइन ।’


लुम्बिनी प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । ३ फागुन २०७४ मा तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले शंकर पोखरेललाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि २७ फागुन २०७४ मा पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । त्यसयता लुम्बिनी प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी र नाम टुंगो लागेको छ । त्यस्तै प्रदेशसभामा दर्ता भएका ६५ विधेयकमध्ये ५९ वटा विधेयक पास भइ कानून बनेका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।