एकोहोरो शंख बजाएर जब निस्कियो 'प्रतिगमन' को शव यात्रा

शुक्रबार दिउँसो २ बजे बसन्तपुरबाट सेतो कपडा र बाँसको खटमा एउटी महिलाको शव अगाडि बढ्यो । शवको अघिअघि जौ-तिल छर्ने र शंख बजाउनेहरू थिए भने पछाडि थियो महिलाहरूको ठूलो जुलुस । बसन्तपुर-न्युरोड हुँदै शव रत्नपार्क आइपुग्दासम्म हेर्नेहरूको ठूलो भिड लागिसकेको थियो । पैदलयात्रीहरू पनि आन्दोलनमा ‘कोही शहीद भएछ कि’ भन्दै शव हेर्न जम्मा भए । त्यही क्रममा एक जना वृद्धले बाँसको खाटमाथि २० रुपैयाँ चढाइदिए ।

बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ।

आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै निकालेको मार्चपार्ससँग एक्येबद्धता जनाउंदै आभा फर क्रियटीभिटीले 'प्रतिगमन'को शवयात्रा वसन्तपुर डबलीदेखि भद्रकालीमन्दिरसम्म निकालेको हो।


प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई कारवाही गर्’ ‘हत्यारालाई कारबाही गर्’ लगायतका नारा लगाइएका थिए। मोहना अन्सारी, रीता परियार, शृङ्खला खतिवडा, माल्भिका सुब्बा, अर्चना थापा, शवसँगै जुलुसमा थिए । अभियन्ताहरूले जिउँदै शव बनेकी अन्शु खनाल र उनको समूह 'आभा फर क्रियटीभिटी'को कलाको खुलेर प्रशंसा गरे ।


बलात्कारको विरोधमा जिउँदै शव बनेकी अन्शुको साथमा थिए संस्थामा साथी कलाकारहरू रसिक राज, राजु झल्लुप्रसाद, प्रज्जव अधिकारी, प्रभात तिमल्सिना, स्मारिका पाठक, मोहीत जोशी, रेजिना वस्नेल, हिमाल पहाड, सुनिता भट्ट , विमला राई , सुमित्रा खालिङ, बाबुराम ढकाल, जयन्ती राई लगायत ।

शव बनेर बलात्कार तथा प्रतिगमनको विरोध जनाएकी अन्शु भन्छिन्, ‘हामीले वास्तविक जीवनकै झल्को दिनेगरी नाटक देखाउने मनशायले शव-यात्राको प्रस्तुति दिएका हौं । जहाँ शव जलाउन लैजाँदा प्रयोग हुने सबै रीति देखाइएको छ ।’


‘प्रतीकात्मक शव र मलामीसहित प्रधानमन्त्री ओलीको संसद विघटन, महिलामाथि बारम्बार भइरहेका हिंसा, बलात्कारका घटनाको विरोधमा हामीले पर्फमेन्स आर्ट गरेका हौँ,’ अध्यक्ष राजले बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारीस्वरुप लागिरहेका विभिन्न नागरिक समूहहरूसँग संस्थाको एक्यवद्धता रहेको समेत बताए ।


सहभागी राजु झल्लु प्रसादले सरकारको प्रतिगमन र निरंकुशताबारे यस पर्फमेन्सले जागरुकता जगाउने अपेक्षा गरेको बताए । उनले भने, ‘हामीले खाइरहेको चिया किन महङ्गो छ?, हामी आफ्नै दिदिबहिनीलाई साँझ ७ नबज्दै घर आइपुग्न किन भनिरहेका छौँ ?, हामी किन हरेक वर्षा, हिमपात र शितलहरमा सिथिल बनिरहेका छौ? यसबारे आममानिस सजग हुन सके यसरी फेरि अर्कोपटक सडकमा आउनु पर्दैन थियो।’


लोकतन्त्रको मलामी बनेर जुलुसमा हिंडिरहेका अपरिचित मानिस थिएनन्, स्रष्टाहरू थिए, नागरिक समाजका अभियन्ताहरू थिए, महिला अधिकारकर्मीहरू थिए । २ बजेअघि उनै स्रष्टाहरूले सबैखाले प्रतिगमन विरुद्ध र अग्रगमनका पक्षमा कार्यक्रम गरेका थिए । साढे ११ बजे भृकुटीमण्डपबाट सुरु गरिएको र्‍याली बसन्तपुरमा कोड सभा गरेर सकिएको थियो । र्‍यालीमा स्रष्टाहरूले जनवादी गीत गाएका थिए, कविता पढेका थिए ।


त्यसअघि स्रष्टाहरुले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए। ब्यानर भन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लेखिएको प्लेकार्ड टाँसेर हातमा साङ्लो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए।


लोकतन्त्रको मलामी बनेर जुलुसमा हिंडिरहेका अपरिचित मानिस थिएनन्, स्रष्टाहरू थिए, नागरिक समाजका अभियन्ताहरू थिए, महिला अधिकारकर्मीहरू थिए । २ बजेअघि उनै स्रष्टाहरूले सबैखाले प्रतिगमन विरुद्ध र अग्रगमनका पक्षमा कार्यक्रम गरेका थिए । साढे ११ बजे भृकुटीमण्डपबाट सुरु गरिएको र्‍याली बसन्तपुरमा कोड सभा गरेर सकिएको थियो । र्‍यालीमा स्रष्टाहरूले जनवादी गीत गाएका थिए, कविता पढेका थिए ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।