म्यानमार सेनाविरुद्ध अमेरिकाले जारी गर्‍यो प्रतिबन्ध

अमेरिकाले म्यानमारमा लोकतन्त्रविरुद्ध सत्त कब्जा गरेको सेनाविरुद्ध प्रतिबन्ध जारी गर्ने आधिकारिक निर्देशन स्वीकृत गरेको छ। अघिल्लो हप्ताको सोमबार म्यानमारमा सेनाले अचानक पूरै मुलुकलाई आफ्नो नियन्त्रणमा लिइ देशभरका सबै संसाद् एवम् प्रमुख नेताहरुलाई पक्राउ गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा लोकतन्त्रविरुद्ध सत्त कब्जा गरेको सेनाविरुद्ध प्रतिबन्ध जारी गर्ने आधिकारिक निर्देशन स्वीकृत गरेका छन् । जसमा सेना, तिनका परिवार र उनीहरुसँग सम्बन्धित सबै व्यवसायहरुमाथि प्रतिबन्ध लगाइनेछ ।


अमेरिकी सरकारले दिँदै आएको वार्षिक एक अर्ब डलरको सहयोगमा पनि सेनाको पहुँच रोक्न विभिन्न तयारी भइरहेको छ । बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र नेतृ आन साङ सुकीलाई रिहा गर्न भनेका छन् । 


अघिल्लो हप्ताको सोमबार म्यानमारमा सेनाले अचानक पूरै मुलुकलाई आफ्नो नियन्त्रणमा लिइ देशभरका सबै संसाद् एवम् प्रमुख नेताहरुलाई पक्राउ गरेको थियो । त्यसको विरोधमा दशौँ हजार नागरिकहरु राजधानीसहित सबै प्रमुख सहरमा प्रदर्शन गरिरहेका छन् । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी छिन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो ।


सत्ता हातमा लिएको म्यानमारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको थियो । सेनाकै नियन्त्रणमा रहेकी म्यानमारकी तत्कालीन स्टेट काउन्सिलर आङ साङ सू चीले पनि सेनाका सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताएकी थिइन् ।


म्यानमारमा बिहीबारदेखि फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको छ ।  म्यानमारमा डाटा लिएर फेसबुक चलाउन निकै महँगो भए पनि राष्ट्रमा सुशासन स्थापित गराउन र आङ साङ सुकीलाई रिहा गर्न सर्वसाधारणले फेसबुकलाई प्रमुख विरोध व्यक्त गर्ने स्थलका रूपमा प्रयोग गरेको सूचना तथा प्रविधि मन्त्रालयको भनाइ छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।