भागरथीको हत्या प्रकरण : अनुसधन्धानलाई साँघुरो बनाउँदै ल्याएको प्रहरीको दाबी

बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँहरूमा धर्ना एवं प्रदर्शन भइरहेको बेला प्रहरीले अनुसन्धानलाई साँघुरो बनाउँदै लागेको बताएको छ।

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। 


सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको अनुसधन्धानलाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताएका छन्।


बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिक्तेलस्थित पञ्च माविका विद्यार्थीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।


यस्तै, भट्टको हत्यारालाई कारबाही माग गर्दै अनेरास्ववियू छैटौँले बुधबार बुटवलमा प्रदर्शन गरेको छ ।प्रदर्शन बुटवलको कालिका मानवज्ञान विद्यालयबाट सुरु भई मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


यसैगरी, भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गरिएको छ ।

मञ्जुश्री असहाय संरक्षण केन्द्रले भागरथीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धर्ना दिएको हो ।


दोगडाकेदार–७ निवासी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो ।


भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।