काठमाडौँ – होलीको दिन (चैत १२ गते) कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवा मृत फेला परेका छन्। चिसापानीस्थित कर्णाली नदीको पुलबाट १७ जनाले हाम फालेका थिए। हाम फालेका १६ जना पौडिन सफल भए पनि कञ्चनपुर स्थायी घर भई कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। शाहीको शव टीकापुरको सन्कट्टी […]
गण्डकी- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट […]
बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव गोताखोरहरुले पिकअप ट्रकमा फेला पारेका छन् । स्कट की ब्रिज नजिकै पाटापस्को नदीको चिसो पानीमा खोजिरहेका गोताखोरहरूले हराएका निर्माण मजदुरहरूको दुई शव रातो पिकअप ट्रक भित्र फेला पारेका हुन् । प्रहरीले मृतक एकजना बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस भएको जनाएको छ । उनी मेक्सिकन मूलका हुन् […]
मुगु - मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते ...