सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्गको डिजाइन तथा सर्वे कार्य सुरु भएको छ ।सडक विभागका प्रवक्ता शिव नेपालले सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भई कम्पनीले सुरुङ निर्माण गर्ने ठाउँको सर्वे तथा डिजाइनको काम सुरु गरेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। बैंकिङ प्रणालीमा एकैदिन २६ अर्ब रुपैयाँ बराबर लगानी योग्य थपिदा कुल निक्षेप ६१ खर्ब ३० अर्ब पुगेको छ। निर्माणको काम सुरु भएको १६ वर्ष वितिसक्दा मध्यपहाडी राजमार्गको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको छ। ठेक्का लागेको दुई वर्षपछि सिद्धबाबा सुरुङमार्ग खन्न सुरु गरिएको छ। सरकारले वायुसेवा निगमको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ।

डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु

निर्माण कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम अघि बढेको हो ।

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।  ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो। विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती […]

सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक निर्माण सुरु

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम सुरु भएको छ।...

सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ । […]

सिद्धबाबा सुरुङ मार्ग : भौतिक पूर्वाधारको काम सुरु

एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाईजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।ठेक्का पाएको ९ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता अनुसार डिजाइन पेस गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर ह

सिद्धबाबा सुरुङ मार्ग बनाउन सुरु

पाल्पा, पुस ३ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु भएको छ । सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य कामहरु, माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग […]

सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग अलपत्र

सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।

ठेक्का लागेपछि सिद्धबाबा सुरुङमार्गको डिजाइन तयार गरिंदै

२० वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग बनाउन विस्तृत डिजाइनको काम सुरु भएको छ । ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्गको ठेक्का पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार ठेकदार कम्पाीले सर्भेसहित डिजाइनको काम सुरु गरिसकेको छ । कम्पनीले तयार […]