वर्षमान पुन चीनबाट सोमबार फर्कने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन उपचार सकेर पर्सि सोमबार स्वदेश फर्किने भएको छ।चीनको लामो उपचारपछि नेता पुन नेपाल फर्किन लागेको शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्। नेता पुनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु।’जण्डिसको समस्या बढेपछि असोज १३ गते उपचारका लागि थाइल्याण्डमा पुगेका पुन मंसिर २० गते थप उपचारका लागि चीन गएका थिए।

सम्बन्धित सामग्री

वर्षमान पुन 'फलोअप'का लागि चीन प्रस्थान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।  नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको...

जण्डिसकाे फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी

प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार सात सय १४ मतका साथ विजयी भएका हुन् । उनका निकटम...

रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि

रोल्पा  – प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् । १७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ६ हजार […]

वर्षमान पुन : रोल्पामा पूर्व माओवादीसँगै प्रतिस्पर्धा

१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्‍याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने […]

अहिले कांग्रेससँग मिल्नुपर्ने अवस्था छ : वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको बताएका छन् ।  गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन...

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन्। पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन्।

वर्षमान पुन स्वदेश फर्किए

काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन चीनमा सफल स्वास्थ्योपचार गरेर पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । नेता पुन स्वास्थ्य सामाग्री लिन गएको हिमालयन एयरलाईन्सको कार्गो बिमानबाट आज साँझ नेपाल आईपुगेका हुन् ।

ओलीले आफ्नै राजनीतिक जीवन धरापमा पारे : वर्षमान पुन

नेकपका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताएका छन्।