बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा

काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्।  उनी नेपालको  चारदिने औपचारिक राजकीय भ्रमणमा आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्।  ...

सम्बन्धित सामग्री

बंगलादेशका राजदूतले भेटे उपराष्ट्रपति यादव

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति यादवले हालका वर्षहरूका दुई देशबीचको व्यापार बढ्दै गएको उल्लेख गर्दै थप विस्तार र...

बंगलादेशका पर्वतारोहीले गरे हिल्सादेखि कन्चनजंघासम्मको पदयात्रा

बंगलादेशका पर्वतारोही इक्रामुल हसन शकील नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पर्वतारोहण सम्पन्न गरेर फर्केका छन्। हुम्लाको हिल्सा नाकादेखि पूर्वको कञ्चनजङ्घा आधार शिविरसम्म १७ सय किलोमिटरको पदयात्रा उनले १०२ दिनमा...

बंगलादेशका गोलाम सरवार सार्कको नयाँ महासचिव

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् । सार्क महासचिव रहेका श्रीलंकाका इसाला रुवान विराकुनको पदावधि यही फागुन १७ गते सकिएपछि बंगलादेशका सरवार सार्क महासचिव बन्न लागेका हुन । उनी हाल मलेसियामा बंगलादेशी राजदूत रहेका छन् । सार्क राष्ट्रहरुबीच पालैपालो महासचिव बन्ने प्रचलन अनुसार […]

नेपाली राजदूत भण्डारीले गरे बंगलादेशका विदेशमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ – बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजधानी ढाकामा राजदूत भण्डारी बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोनेनसँग भेट गरेका हुन्। भेटमा दुई देशका चासो र हितका बारेमा छलफल भएको जनाइएको छ। आर्थिक सम्बन्ध विस्तार गरी नेपाल–बंगलादेशसम्बन्धी थप प्रगाढ बनाउने विषयमा कुरा भएको नेपाली दूतावास ढाकाले जनाएको छ।

बंगलादेशका ब्याट्सम्यानको खराब प्रदर्शन, बन्यो कीर्तिमान

बंगलादेशले टेस्ट क्रिकेटमा नचाहेको कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै उनका ६ ब्याट्सम्यान पहिलो इनिङ्समा शून्य रनमा शिकार भएका छन् ।पछिल्लो एक महिनामा बंगलादेशका ब्याट्समानले यस्तो खराब प्रदर्श गरेको यो दोस्रो पटक हो। यसअघि मे २४ मा मिरपुर टेस्टमा श्रीलंकाका बलरहरूले बंगलादेशका ६ ब्याट्सम्यानलाई शून्यमा प्याभिलियन फर्काएका थिए । तर, त्यतिबेला टोलीले ३ सय ६५ रन बनाएको थियो । उक्त खेलमा मुस्फिकुर रहिमले १७५ र लिट्टन दासले १४१ रन बनाए भने यस खेलमा सकिब अल हसन (५१

बंगलादेशका किपरले पाए रेडकार्ड

मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल खेलमा बंगलादेशका किपर सेन्ट अफले रेड कार्ड पाएका छन् ।

बंगलादेशका तमिम इकवालले भैरहवाबाट ईपीएल खेल्ने

२६ भदौ, काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । आगामी असोजमा टी-२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ । तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै […]