कर्मचारीलाई धम्की दिएकोबारे छानबिन समिति गठन गरिने भएपछि बागमती प्रदेश सभा बैठक सुरु

हेटौँडा। नेकपा एमालेका सांसदको अवरोधका कारण रोकिएको बागमती प्रदेश सभाको बैठक पुनः सुरु भएको छ। प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाबाट चालु आर्थिक वर्षमा वितरण हुने अनुदान रकम दिन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिवले दिएको दबाबका विषयमा छानबिन समिति गठन गर्ने निर्णय भएपछि प्रदेश सभाको बैठक सुरु भएको हो।