स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले हेलम्बु १ भ्रातेकतेक भन्ने ठाउँमा गएको पहिरोले खोला थुन्दा मेलम्चीमा बाढी आएको बताएका छन् ।
विघटित प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित एमाले नेता तामाङले बुधवार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।
‘पहिरो गएको ठाउँ भ्रातेकतेक (हेलम्बु- १ नाकोते चोक्पुभन्दा ५०० मिटरमाथि) । योभन्दा माथि पनि पहिरो गएको छ,’ तामाङले स्थलगत निरीक्षणको भिडियो राख्दै फेसबूकमा लेखेका छन् ।
पहिरो खस्ने क्रम चलिरहेको र खोल थुनिने र बाढी आउने क्रम चलिरहेको उनले ...