सुदूरपश्चिमको बजेट छलफलमा भाग नलिने विपक्षी दलहरूको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलले प्रदेश सरकारले ल्याएको बजेट संशोधन नगरेको अवस्थामा प्रदेशसभाको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेका छन् । मंगलबार बिहान बसेको एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको बैठकले बजेट संशोधन गर्नुपर्ने, सरकार संशोधन गर्न तयार नभएको अवस्थामा प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको...