कर्णालीका तीन मन्त्रीको पदावधि अब पाँच दिन मात्र बाँकी

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि अब पाँच दिन मात्र बाँकी छ । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कार्तिक १५ देखि सरकारबाट बिदा हुनुपर्ने छ ।  नेकपा एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले ‘फ्लोर क्रस’ बापत कारबाही गरेको थियो । ज्वालाबाहेक तीन जना प्रदेश सरकारमा सहभागी छन् । जस अनुसार अम्मरबहादुर थापा भौतिक प