काठमाडौँ – घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ। क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिस मिडियाका प्रबन्ध–निर्देशक सुदीप आचार्यले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरे। क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोटर््सबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिए। सम्झौताअनुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको […]