मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डको बाँकी २५ किलोमिटको काम पुन : शुरु

फागुन ८, गलकोट । नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ । जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिएपनि अझै हुनसकेको छैन । ६ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायी विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ । गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आश पलाएको छ ।  अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा बेस विच्छ्याउने कार्य भइरहेको छ, भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल विच्छ्याउने कार्य भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।  मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेता पछि निर्माण कम्पनीले निर्माणलाई तीव्रता दिन थालेको बताए । ‘अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नु अघिका काम भइरहेको छ, सवबेश विच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ’, उनले भने, ‘उपल्लो खण्डमा भने अधिकांश सडक ग्राभेल भइरहेको छ, निर्माणको काम लगभग सकिएको छ, असारअघि कालोपत्र सक्ने गरी आयोजना लागिपरेको छ ।’ यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।  उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण शुरु भएको ६ वर्षसम्म ६० प्रतिशतमात्रै प्रगति भएको छ ।  बिहुँ खण्डमा चार किलोमिटर सडक एक पटक कालोपत्र गरिएको, फेरि डकल गर्ने तयारी छ, ६ किलोमिटर सडकमा बेस विच्छ्याइसकेको दुई किलोमिटर सडकमा पूर्वाधारको काम भइरहेको बिहुँ घोडाबाँधेको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि रामकाजी श्रेष्ठले जानकारी दिए । ‘सुरुमा कच्चापदार्थ नै भएन, त्यसपछि कोरोना महामारी, अहिले कालोपत्र गर्न मौसमले साथ दिएको छैन अन्य पूर्वाधारको काम भइरहेको छ, सके चैतसम्म नसके असारसम्म कालोपत्र गरेरै छोड्छौं’, उनले भने, ‘अहिले कामलाई तीव्रता दिएका छौं, केही परिणाम आउनेगरी क्रसर उद्योग निरन्तर चलिरहेको छ ।’ यस्तै मूलपानी बोक्सेसम्म ग्राभेलको काम भइरहेको र खहरेमा बेश विच्छ्याउने काम भइरहेको छ । चार महीनादेखि ठप्प भएको उपल्लाचौर अझेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएका भारत/सिद्धिसाई कम्पनीले जानकारी दिएको छ ।  कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । तीमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।  बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमि सडक खण्ड कालोपत्र नहुँदा यहाँका बासिन्दा मर्कामा परेका छन् । रासस

सम्बन्धित सामग्री

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।...

रौतहट क्षेत्र-४ को मतगणना शुरु

रौतहट : रौतहट क्षेत्र ४ को मतगणना शुरु भएको छ। प्रत्यक्षतर्फको संघीय सांसदका उम्मेदवारको मत गन्न शुरु भएको हो।दिउँसो साढे १२ बजे मतगणना थाल्ने भनिएकोमा १ बजेर ४५ मिनेटमा मत गन्न शुरु भएको हो।चन्द्रपुर-३ गैडाटारको ५ वटा मतपेटिका खोलिएको छ। बाँकी १, २ र ३ को पनि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

वीरगन्ज महानगरपालिकाको मत गणना शुरु

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ। ११ बजेबाट नै मतगणना शुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरू ढिलो उपस्थिति भएकाले ढिलो गरी गणना शुरु भएको हो।२ बजेबाट बल्ल शुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ र ३२ बाट शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

वीरगञ्जमा केही बेरमा मतगणना शुरु हुने

वीरगञ्ज –  मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा केही बेरमा मतगणना शुरु हुने भएको छ । बिहान ११ बजेदेखि मतगणना कार्य शुरु गरिने भनिए पनि अहिले खाना खानको लागि केही बेर ढिलो गरि मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । पौने १२ बजेदेखि वीरगञ्जको नृसिङ माबिमा मतगणना शुरु हुने उनले जानकारी […]

रुकुमपूर्वको पेल्मामा मतदान शुरु

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मामा मतदान शुरु भएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि बिहान मतदान हुन सकेको थिएन। हाल दुवै दलसँग छलफल गरी सहमतिमा ल्याएपछि मतदान कार्य शुरु भएको हो।पुथाउत्तरगंगा–२ को आधारभूत विद्यालय पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मिनेट देखि मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ। बिहान ७ बजेबाटै मतदान शुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान शुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिक

दुई कोरियाबीच हटलाइन पुनः शुरु

१८ असोज, काठमाडौं ।  उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ । पछिल्लो केही महिनायता बन्द भएको हटलाइन पुनः शुरु भएको हो । यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए । यद्यपि हटलाइन शुरु गर्ने विषय दक्षिण कोरियाको व्यवहारमा […]

मन्त्रिपरिषद्‌को बैठक शुरु

काठमाडौँ– मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘नेपाल आइडल’ फेरि शुरु हुने

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए ।‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजनका लागि मौखिक अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो शुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ  ।अव शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिँदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएप

दुई घण्टा ढिला गरी शपथ शुरु

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ । ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।

एमालेको बैठक शुरु

काठमाडौ, १२ बैशाख । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक […]