महिलालाई झुक्याएर विदेश लग्ने र अलपत्र पार्ने क्रम बढ्दो

भिजिट (भ्रमण) भिसा भ्रमण को नाममा धेरै नेपाली महिला विभिन्न मुलुकमा अलपत्र मात्र होइन बेचिने गरिएका छन् । सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने बताएको छ । नेपाली चेली रोजगारीको नाममा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वा केही भिजिट भिसामा विदेश जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । यसैबीच, प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरोले भिजिट भिसामा लगेर दलालहरुले अलपत्र पार्ने गरेको घटना बढेको बताएको छ । मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता अनुराग कुमार द्विबेदी भिजिट भिसा लगाएर विभिन्न मुलुक लैजान खोज्ने वा पैसा लिएर बीच बाटोमै अलपत्र पार्ने गरेको उजुरी आउने गरेको बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

म्याग्दीका प्रमुख १९ योजना अलपत्र

जिल्लाको मुख्य राजनैतिक दबाब र पहुँच पुग्न नसक्दा जिल्लाका ठूला र मुख्य मानिएका आर्थिक तथा सामरिक महत्त्व राख्ने योजना वर्षौंदेखि अलपत्र परेका छन् । केन्द्रीय राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा पहुँच राख्ने ‘नेता’ ठेकेदारले दुर्गम जिल्लाका ‘साना’ नेताको दबाब बेवास्ता र अटेरी गर्दा समयमा कार्यस्थलमा परिचालन नहुने, काम अधकल्चो छोडेर अलपत्र पार्ने क्रम बढ्दो भएको हो ।

ठेकेदार बलिया, आयोजनाका काम कमजोर

आर्थिक तथा सामरिक महत्त्व राख्ने जिल्लाका ठूला र मुख्य एक दर्जनभन्दा बढी विकासे आयोजना अलपत्र छन् । केन्द्रीय राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा पहुँच राख्ने ‘नेता’ ठेकदारले दुर्गम जिल्लाका ‘साना’ नेताको दबाब बेवास्ता र अटेर गरी काम अधकल्चो छाडेर अलपत्र पार्ने क्रम बढ्दो छ ।