भ्रष्टाचार रोक्ने लिङ्देनको उपाय : उम्मेदवारलाई मन्दिरमा कसम खुवाउने !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनल

सम्बन्धित सामग्री

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।...

उठ्नोस्, भ्रष्टाचार गर्नोस्

नेपालमा भ्रष्टाचारले संस्थागत रूप धारण गरिसक्या छ । लाखौं प्रयास गर्दा पनि नेपालमा भ्रष्टाचार कम हुनुको साटो झन् बढिरहेको छ, हरेक वर्ष नयाँ नयाँ सिढीहरू चढिरहेको छ । भ्रष्टाचारको रोग यसरी बढ्दै गइरहेको छ कि यो रोगबाट अब कोही पनि शायद अछूतो नहोला । देशकोे सबभन्दा सानो एकाइ वडादेखि प्रधानमन्त्री कार्यालयसम्म, पियनदेखि बडाहाकिमसम्म सबै भ्रष्टाचारको पन्जामा परेका छन् । विनाघूस आज सरकारी फाइल अगाडि बढ्नै सक्दैनन् । अपवादलाई छाडेर आज सर्वत्र भ्रष्टाचारको बोलवाला देखिन्छ । यसरी देशकै एउटा अभिन्न अंग बनिसकेको अवस्थामा भ्रष्टाचारलाई कसैले गलत भन्छ भने ऊ भ्रममा छ । किनकि भ्रष्टाचार त अजर अमर पो छ त । तर हिजोआज एकथरी मनिसहरू आन्दोलित हुन थालेका छन् सरकार र भ्रष्टाचारका विरुद्धमा, सरकार पनि बदल्ने र भ्रष्टाचार पनि समाप्त पार्ने भन्दै कोही सामाजिक अ–सामाजिक सञ्जालमा त कोही टिभीमा, कोही सडकमा त कोही होटल, रिसोर्टमा बसेर भ्रष्टाचारविरुद्ध आगो ओकलिरहेका छन् । तर सरकार भन्ने जन्तु रहेसम्म भ्रष्टाचार रहन्छ र भ्रष्टाचार रहेसम्म सरकार रहन्छ भन्ने तिनले नबुझेजस्तो छ । मलाई यी अबुझ आन्दोलनकारीहरूको अज्ञानप्रति दया लागेर आउँछ भन्या ! एक्काइसौं शताब्दीको नेपालमा भ्रष्टाचार नै असली शिष्टाचार हो भनेर किन नबुझेको होला ? यसको अभावमा न दल, न नेता, न सरकार न समाज नै चल्न सक्छ । मन्दिर र पूजामा समेत भ्रष्टाचार हुन्छ । अब देउताले त रोक्न नसकेको भ्रष्टाचार देउवाले किन र कसरी रोक्ने ? त्यही भएर देख्नुभएन पार्टीका कार्यक्रममा भ्रष्टाचारविरोधी नारा भएको ब्यानर राख्न नदिएको ? वास्तवमा भ्रष्टाचार कुनै भौतिक चीज नभई एक आध्यात्मिक र आत्मिक तत्त्व पो हो, जसको अभावमा कसैले पनि शान्ति प्राप्त गर्न सक्दैन । अनि तपाईंले गाली गर्दैमा भ्रष्टाचार समाप्त हुन्छ र ? त्यो त आफूले नपाएर गाली गरेको त हो नि, पाए बाँकी राख्नुहोला र ? वास्तवमा भ्रष्टाचारको एक हिस्सा तपाईं पनि र म पनि हो । हामीले कसैलाई चुनेर सांसद बनाउँदैमा हाम्रो जिम्मेवारी त्यहीँ सिद्धिन्छ र ? सिद्धिँदैन नि । तर हामी सांसद मन्त्रीलाई गाली गरेर जिम्मेवारी पूरा भयो भन्ठान्छौं । त्यसैले, हामीले भ्रष्टाचारको विरोध गर्नै हुन्न । विरोध गर्ने भए पहिले आफूलाई हेर्नुस् । जस्तै, सडकमा ट्राफिक पुलिस छैन भने तपाईं लेन मिचेर अगाडि बढ्नुहुन्छ नै । सरकारी अफिसमा जाँदा काम छिटो गराउन कर्मचारीलाई २/४ हजार अतिरिक्त पैसा तिर्न अघि सर्नुहुन्छ । आफ्नो काम बनाउन नेताकहाँ नगद र अनेक उपहार बोकेर जानुहुन्छ । जब कर चुक्ता गर्ने समय आउँछ, तपाईं अडिटर वा सिएलाई भनेर कहाँ कसरी कर नतिर्न सकिन्छ भनेर छिद्र खोज्नुहुन्छ । तपाईं घर वा फ्याक्ट्रीको बिजुलीको मिटरमा तार फसाएर मिटर ढिलो चलाउने तिगडम गर्नुहुन्छ । आफूलाई फाइदा हुन्छ भने नैतिक अनैतिक सबै उपाय अपनाउन खोज्नुहुन्छ । अनि भ्रष्टाचारको विरोध गर्ने नैतिकता तपाईं हामीसँग हुन्छ र ?  यदि हामी पौने तीन करोड नेपालीले आआफ्नो ठाउँमा बसेर भ्रष्ट आचरण नगर्ने हो भने, कतै पनि भ्रष्टाचार हुनै सक्दैन । तर के त्यसका लागि तपाईं, हामी तयार छौं र ?  जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । वास्तवमा भ्रष्टाचार मात्र यस्तो तत्त्व हो, जहाँ कहीँ कतै भेद रहँदैन । भ्रष्टाचारमा आफ्नो परार्ईको कुरा छाडौं, स्वयम् आफ्नै पनि होश रहँदैन । भ्रष्ट आचरणको परम अवस्थामा यति भेद पनि रहँदैन कि को बाउ हो को छोरा हो । भ्रष्ट अधिपतिको मन्दिरमा को म र को तँ ? वास्तवमा भ्रष्टाचारको तल्लीनतामा त भक्त भगवान् हुन्छ, भगवान् भक्त बन्छ । भ्रष्टाचारको तत्परतामा न कोही पुजारी हुन्छ, न कोही पूज्य हुन्छ । त्यहाँ केबल परम अनीति बाँकी रहन्छ । त्यहाँ त अन्यायको नाद बजिरहन्छ । त्यहाँ केवल द्रव्य अर्थात् डलर, रुपैयाँ आदि नै परम संगीत हुन्छ । बडो अलौकिक घडी पो हुन्छ त । जसरी घोर अँध्यारोमा चन्द्रमाको ज्योतिले बडो मनमोहक उज्यालो छरिरहन्छ, त्यसैगरी यो अपूर्व महासुखको क्षणमा नै सम्पूर्ण कष्टहरूको हरण गरिदिन्छ । त्यसैले, भ्रष्टाचारको यस्तो चन्द्रमणिलाई त बरु प्राणप्रणबाट रक्षा गर्नुपर्दछ । कार्यालयरूपी मन्दिरमा त झन् यसको प्राणप्रतिष्ठा एकदमै जरुरी हुन्छ । समस्त गर्भगृहदेखि लिएर कार्यालयरूपी मन्दिरको गजुर परिक्रमा स्थलसम्म भ्रष्ट आचरणको झण्डालाई साहसपूर्वक फहराइरहनु पर्दछ । त्यसैले म भन्छु, तपाईं भ्रष्टाचार विरोधी यी राजा हरिशचन्द्रका सन्तानहरूका कुरा नसुन्नुहोला । किनकि उनीहरू भन्छन् कि जन्मौंजन्मको कर्मबाट मात्र मीठो फल प्राप्त गर्न सकिन्छ । त्यसका लागि सत्मार्गमा चल्नुपर्छ, नीतिवान् बन्नुपर्छ, आदि आदि । तर त्यसो गरेर त यो एकबारको जुनीमा फल प्राप्त गर्न धेरै कठिन पो देखिन्छ त हौ ! जन्मौंजन्म लाग्न सक्छ । यसरी चाँडै फल लाग्नेवाला त छैन । अनि घर घडेरी कसरी जोड्ने ? सरर कार कहिले गुडाउने ? एउटा जीवन यत्तिकै सडाउने ? अहँ हुन्न !  म त भन्छु– साहस गर्नोस् घूसामृत पाउनका लागि । त्यो नगदमै हुनुपर्छ भन्ने छैन । त्यो कसैको शरीरको रूपमा हुन सक्छ, कारको रूपमा हुन सक्छ वा कोठीको रूपमा पनि । कुनै व्यापार व्यवसायको हिस्सा हुन सक्छ वा विदेश शयर । कुनै जमीनको टुक्रा तपाईंको नाममा दर्ता हुन सक्छ । कुनै सरकारी ठेक्का पनि पाउन सकिन्छ । यी सबै कुरा भक्षणयोग्य छन् । यो महान् कार्यमा अभक्ष्य र अपाच्य केही पनि छैन । यदि भ्रष्टाचारको शिष्टाचार अपनाउनुभो भने एक क्षणमै जीवन प्रकाशमय हुने घटना सम्पन्न हुन सक्छ, एक पलमै । जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । त्यहाँ त अलौकिक महासुख मात्र छ । तपाईं यो जडसूत्रवादी नीति, धर्म, सत्य आदिका चक्करमा आफूलाई अघि बढ्नबाट नरोक्नुहोस् । भ्रष्टाचार आधुनिक मानिसको आवश्यकता हो । अभीप्सा हो, हिम्मत हो, रस हो, तागत हो, प्रेम हो । आफ्नो जीवनलाई यो भ्रष्टाचारको आन्दोलनमा समाहित गरिहाल्नोस् । छिटो गर्नोस् । आउनहोस्, उठ्नुहोस्, भ्रष्टाचारको बाटोमा अघि अघि बढ्नुहोस् । यसैमा त छ सबैको सफलता र सबैको कल्याण पनि । ‘सबै धर्म त्यागेर मेरो शरणमा आऊ’ भनेर धर्मशास्त्रमै लेखिएको छ । त्यस्तै, नेपाली राजनीतिशास्त्रमा भने सबै आचरणको परित्याग गरेर भ्रष्टाचरणको शरणमा आऊ भन्ने छ । यत्ति कुरा चैं बुझ्नुस् है !

भ्रष्टाचार न्यूनीकरणका उपाय

विश्वका मुख्यतः विकासोन्मुख राष्ट्रहरूमा भ्रष्टाचार एउटा महत्वपूर्ण समस्याका रूपमा रहेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि हरेक राज्यले विभिन्न खालका निकायहरू खडा गरेका हुन्छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल, विश्व बैङ्क र अन्य विभिन्न सङ्गठनले भ्रष्टाचारविरोधी संस्थाहरूको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा समय समयमा विभिन्न अनुसन्धानसमेत गरेको पाइन्छ । यस्ता संस्थाहरू भ्रष्टाचार नियन्त्रण गर्न संस्थागत रूपमा सक्षम छन्÷छैनन् भन्ने कुराको गहिरो अध्ययन गरेको पाइन्छ । अध्ययनपछि यस्ता संस्थालाई सुझावसमेत दिने गरेको पाइन्छ तर पनि भ्रष्टाचारलाई वाञ्छित मात्रामा नियन्त्रण गर्न सकिरहेको अवस्था छैन ।

भारतको विद्युतीय कर परीक्षण

करदाता र कर अधिकृतको भौतिक सम्पर्कले पहिलो पक्षले आफ्नो कर दायित्व कम गर्न खोज्ने र दोस्रो पक्षले अधिकार दुरुपयोग गरी व्यक्तिगत लाभ लिन सक्ने कारणले कर प्रशासनमा भ्रष्टाचार मौलाउने विश्वव्यापी मान्यताअनुरूप धेरै देशका कर प्रशासनहरूले यी दुई पक्षको बीचमा भौतिक रूपमा भेटघाट कम गराउन विभिन्न उपाय अपनाउँदै आएका छन् । विशेष गरेर कर विवरण बुझाउँदा, […]

भ्रष्टाचार नियन्त्रणका लागि जितेन्द्र देवका चार उपाय

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा उपाय पेस गरेका हुन् । जसअनुसार पहिलो भ्रष्टाचारको नेक्सस् तोड्नुपर्ने उनले बताए । यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्...

पर्यटनको संवद्र्धन र पुनरुत्थानका उपाय

देशमा विद्यमान अर्थतन्त्रको रुग्ण अवस्थालाई अर्थविद्हरूले जति धेरै बुझे पनि आम नेपाली नागरिकले यस विषयमा हेक्का राख्दैनन् भन्न मिल्दैन । हलक्क हुर्केको आर्थिक भ्रष्टाचार, कमिसनतन्त्र, कालोबजारी, ठगी, विलासिताका सामग्रीहरूको निर्वाध आयात, न्यून बन्दै गइरहेको स्वदेशी वस्तुहरूको निर्यात, हाम्रा कल–कारखाना, उद्योग एवं कृषिक्षेत्रले उत्पादकत्व गुमाउँदै गइरहेको अवस्था, दैनन्दिन बढ्दै गइरहेको व्यापारघाटा कोभिङ–१९ ले सिर्जेको मन्दी र […]

नेपालमा भ्रष्टाचारका कारण तथा निराकरणका उपाय

बढ्दो सामाजिक विकृति, खुकुला, ऐनकानुनहरू, दृढतापूर्वक ऐन–कानुनहरूको कार्यान्वयन हुने वातावरणको कमी, दण्डसजाय व्यवस्थाको अभाव पनि भ्रष्टाचार बढ्ने कारण हुन् । मानिस दुई प्रकृतिका छन्— १. रचनात्मक र २. ध्वंसात्मक । रचनात्मक प्रवृत्ति भएको मानिस शिष्ट, मर्यादित र अपराधविहीन हुन्छ भने ध्वंसात्मक प्रवृत्ति बढी क्रियाशील भएको अवस्थामा बर्बर, क्रूर र अनिष्ट हुन्छ । ध्वंसात्मक प्रवृत्ति नकारात्मक […]

बढ्दो आर्थिक भ्रष्टाचार न्यूनीकरणका उपाय

साधारणतया कुनै पनि देशको अर्थतन्त्रमा हुने अनियमितता आर्थिक भ्रष्टाचार हो । यस्तो भ्रष्टाचार नेतृत्वको जिम्मेवारी, उत्तरदायित्व र पारदर्शिताको अवलम्बनमा निर्भर गर्छ । वस्तुतः आर्थिक भ्रष्टाचार सामाजिक कुरीति हो । यस्तो भ्रष्टाचारले देशको अवस्था अधोगतिमा पु¥याउने आधार बनाउँछ । यसको व्यवस्थापन सरकारले गर्छ ।हाल नेपाल आर्थिक भ्रष्टाचारको दलदलमा फसेको छ । सत्ताधारी नेताहरू खस्कँदो अर्थतन्त्र उकास्न […]

न्यायपालिकाको भ्रष्टाचार रोक्ने अध्ययन प्रतिवेदन प्रधानन्यायाधीशको हातमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत वर्ष साउन ३० गते गठन गरेको अध्ययन समितिले बिहीवार प्रतिवेदन बुझाएको छ । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलाप रोक्न कानूनी, संरचनागत लगायतका उपयुक्त एवं प्रभावकारी उपायहरू पहिचान गर्ने र पहिचान गरिएका उपाय एवं सुझावहरूको कार्यान्वयनका लागि जिम्मेवारी सहितको कार्ययोजना प्रस्ताव गर्ने कार्यादेश समितिलाई दिइएको थियो । सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा नेपाल बार एशोसिएशन लगायत सरोकारवाला निकाय सम...