वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ । वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।यसअघि वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका