महोत्तरीका मन्दिरमा पूजापाठ गर्न रोक

जिल्ला प्रशासन कार्यालयले महोत्तरीका मन्दिरमा नित्यपूजा बाहेकका पूजा गर्न रोक लगाएको छ

सम्बन्धित सामग्री

१० प्रकारका औषधी उत्पादनमा रोक

काठमाडौं : औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ। विभागलेप्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीको भएको जानकारी दिए।  विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो। यस्तै लिनाग्लिप्टिन २।५ एम

टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ।  चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

सिम्रिकलाई हेलिकप्टर उडाउन रोक

काठमाडौं, २५ श्रावण । सिम्रिक एयरलाई हेलिकप्टर उडाउनमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडाउन रोक लगाएको हो। प्राधिकरणले सिम्रिकलाई विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको भन्दै हेलिकप्टर उडाउन रोक लगाएको हो। प्राधिकरणका अनुसार सो रकम तिर्न पटकपटक ताकेता गर्दापनि नतिरेपछि उक्त निर्णय लिइएको हो। […]

ललितपुरमा पानीपुरी बिक्री गर्न रोक

ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो । बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले […]

निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा रोक

बैतडी, बैशाख २४ । निर्वाचन अवधिभर बैतडीमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले मदिरा बिक्री वितरणमा रोक लगाएको हो। आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला […]

मलेशिया भ्रमणमा रोक

काठमाडौँ– सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक […]

बहराइनले लगायो नेपालीको प्रवेशका रोक

काठमाडौं। खाडी राष्ट्र बहराइनले नेपालीको प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बहराइनले नेपालीको प्रवेशमा रोक लगाएको हो। बहराइनले आइतबारदेखि नेपालको प्रवेशमा रोक लगाएको नेपाली दूतावासले जनाएको छ। बहराइनले नेपालको अलवा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवशेमा रोक लगाएको छ। ती देशबाट आफ्ना नागरिकलाई भने फर्कन दिने बहराइनले जनाएको छ।

बहराइनले लगायो नेपालीको प्रवेशका रोक

काठमाडौं। खाडी राष्ट्र बहराइनले नेपालीको प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बहराइनले नेपालीको प्रवेशमा रोक लगाएको हो। बहराइनले आइतबारदेखि नेपालको प्रवेशमा रोक लगाएको नेपाली दूतावासले जनाएको छ। बहराइनले नेपालको अलवा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवशेमा रोक लगाएको छ। ती देशबाट आफ्ना नागरिकलाई भने फर्कन दिने बहराइनले जनाएको छ।

पाथिभरा मन्दिर दर्शनमा रोक

ताप्लेजुङ। कोरोनाको संक्रमण बढ्दै गएको भन्दै ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शनमा पूर्ण रुपमा रोक लगाइएको छ। पाथिभरा क्षेत्र विकास कोषका अनुसार बैशाख मसान्तसम्मका लागि लागू हुने गरी मन्दिरको दर्शनमा रोक लगाइएको हो। मन्दिरको दर्शनका लागि धेरैजसो भक्तजन जिल्ला बाहिरबाट आउने भएकाले दर्शनका लागि रोक लगाइएको कोषले जनाएको छ। दर्शनका लागि आजदेखि कडा रुपमा रोक लगाइएको हो।

काठमाडौंमा सभा गोष्ठी रोक

काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो । जिप्रका काठमाडौंको आज जारी सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।