काठमाण्डाै – नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने भएको छ । फिलिपिन्समा आउँदाे अगस्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने महिला भलिबल च्याम्पियनशिपबाट नेपालले नाम फिर्ता लिएको हो ।
प्रतियोगिताको समूह विभाजनमा नेपालको नाम उल्लेख छैन । सुरुमा १७ टोली खेल्ने भनिए पनि विभिन्न देशले नाम फिर्ता गरेपछि अब प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । एभीसीले सार्वजनिक गरेको तालिकामा समूह 'ए' मा आयोजक फिलिपिन्स, काजकिस्तान, उज्वेकिस्तान र चाइनिज ताइपेई तथा समूह 'बी' मा थाइल्यान्ड,...