काठमाडौं । सर्वसाधारणको अर्बौं रकम हिनामिना गरेको आरोप लागेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालकलाई कारवाहीबाट उन्मुक्ती दिन चलखेल सुरु भएको छ । उक्त सहकारीलाई ‘समस्याग्रस्त’ मा दर्ज गरेर केही ठूला व्यापारिक घरानाको पैसा फिर्ता गराउन ठूलै शक्तिकेन्द्र लागिपरेको छ । सहकारीका सञ्चालकहरु वचतकर्ताको पैसा फिर्ता नगरी कार्यालय बन्द गरेर ‘फरार’ भएपछि पिडितहरुले सहकारी विभाग गुहारेका थिए […]