प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । सो सहमतिसँगै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्नेबारे कार्यविधि तयार गरिरहेको छ ।मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरुले तलब र रासनवापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् । म्यादीलाई प्रहरी जवान बराबर रासन र तलब सुविधा उपलब्ध गराइने प्रहरी प्रवक्ता (