कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी

कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ ।

सम्बन्धित सामग्री

बेनी-जोमसोम-कोरला सडक: भिरकाटेमा सुरुङ बनाउन ९० करोड लाग्ने

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भिरकाटेमा सुरुङ निर्माण हुने भएको छ।...

बेनी-जोमसोम-कोरला सडक: भिरकाटेमा सुरुङ बनाउन ९० करोड लाग्ने

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भिरकाटेमा सुरुङ निर्माण हुने भएको छ।...

बेनी–जोमसोम सडकको भीरकाटेमा ३ सय ८४ मिटर सुरुङ बनाइने

निर्माणाधीन कालीगण्डकी करिडोर अर्न्तगत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकको भीरकाटेमा ३ सय ८४ मिटर डबल लेनको सुरुङ निर्माण हुने भएको छ ।

भीरकाटेको भीरमा सुरुङ निर्माणको तयारी

म्याग्दी : मुस्ताङ जोड्ने सडक मार्ग बेनी–जोमसोम सडकखण्डको जोखिमयुक्त ठाउँ भीरकाटेमा सुरुङ निर्माणको तयारी गरिएको छ।कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत बेनी–जोमसोम खण्डमा अक्करे पहाडमा सुरुङ निर्माणको तयारी भएको हो।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भीरकाटेमा केही वर्षदेखि वर्षायाममा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधान सुल्झाउन सुरुङ निर्माण गरिने भएको हो। झण्डै ३६० मिटर लम्बाइको सुरुङ निर्माण गरिने आयोजनाले जनाएको छ।सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त य

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी

कालीगण्डकी करिडोरमा झण्डै ३६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ ।

बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन योजना आयोगको निर्देशन

म्याग्दी- राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिएका हुन् । आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको […]

राहुघाट जलविद्युत् आयोजना : करीब ४ महीनापछि सुरुङ र बाँध निर्माण शुरु

असोज २६, म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करीब चार महीनापछि शुरुआत भएको छ ।  रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महीनादेखि रोकिएको थियो । पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण सञ्चालन भएको आयोजनाको प्रवर्द्धक रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ‘करीब चार महीनापछि निर्माणकार्य पुरानै लयमा फर्किएको छ’, उनले भने, ‘दशैंलगायत चाडपर्वको समयमा पनि आयोजना निर्माणलाई निरन्तरता दिएका छौँ ।’ अँधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग मर्मत गरेर गत भदौदेखि दुईतर्फी सुरुङ निर्माण शुरु गराइएको थियो । भारतीय सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले बाँधमा जग्गा व्यवस्थापनसँगै १ नम्बरको अडितबाट सुरुङ खन्ने तयारी गरेको छ । बुग्लको पहिरोले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको थियो । राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बर्खायाममा प्रतिकूल मौसम र पहिरोका कारण प्रभावित भएको निर्माणकार्य लयमा फर्किएको बताए । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चारओटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग)को ब्रेकथ्रु गरेको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ ।  ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदूर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–३ का अध्यक्ष जीवनकुमार मल्लले बताए । ४५ महीनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । इलेक्ट्रोमेकानिकलतर्फ २०७६ कात्तिक महिनामा सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग सम्झौता भएको थियो । बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका–३ को तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ । पावरहाउसबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म एक हजार ७८० मिटर निर्माण सकिएको छ ।  पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरीद विक्री सम्झौता (पिपिए) गरेको थियो ।  सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । एक करोड दुई लाख ९३ हजार (२२.३५ अमेरिकी डलर)मा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरी हाल विस्तृत डिजाइङको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।  राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चारओटा टावर तयार भएको छ । रासस

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले आगामी २०७९ असारभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित निर्माण कार्यलाई तीव्रता दिइएको बताए । ‘३ हजार ५ मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार ८५५ मिटर खनिसकिएको छ,’ उनले भने, ‘दशैंअघि सुरुङको ‘ब्रेक थ्रू’ हुन्छ ।’ अर्थुङेस्थित नेपाली सेनाको सत्रुभञ्ज्याङ गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ । सन् २०१८ जनवरीदेखि शुरू भएको आयोजनाको हालसम्म ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अन्नपूर्ण–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्य्राउने डिसेन्डर निर्माण भएको छ । डिस्यान्डरदेखि सुरुङसम्म ३८ दशमलव ३ मिटर लामो डिस्यान्डर एप्रोच केनल जडानको काम सकिएको छ ।      पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ४९० मिटर पेनस्टक पाइपमध्ये करिब ७० मिटर पाइप जडान भइसकेको छ । घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सीई हाइड्रोमेकानिकल वर्क प्रालि छन् । सिभल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदूरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो । भौगोलिक विकटता, कोरोनाको जोखिम, निषेधाज्ञा र पहिरोको असहज अवस्थाका बीच पनि आयोजनालाई निरन्तरता दिइएको आवासीय इञ्जिनीयर जोसेब वज्राचार्यले बताए । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सबस्टेशनसम्म साढे ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ । यो आयोजनाको अनुमानित कुल लागत २ अर्ब ४१ करोड ५८ लाख २५ हजार हो । अन्नपूर्ण–४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरू गरेका छन् । ११० मेगावाट क्षमताको नीलगिरि र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण पनि धमाधम भइरहेको छ । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेँसी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिसकेको छ । कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएपछि जलविद्युत् आयोजना निर्माणले गति लिएको छ  । रासस

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना खारेज गर्न जनमोर्चाको माग

सरकारबाट प्रस्तावित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । सुख्खा याममा सिंचाई गर्ने उद्देश्यले सरकारले पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३, पिपलडाँडामा बाँध बनाएर कालीगण्डकी नदीको प्राकृतिक बहावलाई सुरुङ मार्गद्वारा स्थानान्तरण (डाइभर्सन) गरेर पाल्पा जिल्लाको तिनाउँ दोभानमा पु¥याई तिनाउ नदीमा पानीको पुनर्भरण गरी त्यससँग जोडिएका जिल्लामा पठाउने उद्देश्य लिएको