काठमाण्डाै - सरसफाइ अभियन्ताहरुले महिलाहरुलाई कपडाको प्याड बनाउने तालिम दिएर महिनावारीमा हुने खर्च जोगाउन सकिने बताएका छन् । गुथि, नेपाल महिला समाज लगायतका संस्थाहरुको आयोजनामा भएको कपडाको प्याड तयारीसम्बन्धी तालिममा अभियन्ताहरुले महिनावारीका बेला भएको खर्च बचत तथा प्याडमा पहुँच पुर्याउन कपडाको प्याड बनाउने तालिम प्रभावकारी हुने बताएका हुन् ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सह-सचिव एवम् खानेपानी तथा सरसफाइ विज्ञ राजन पाण्डेले सरकारले सबैलाई स्यानिटरी प्याड नि:शुल्क उपलब्ध गराउन सम्भव नहुने र सबै महिलाले बजारका ...