कात्तिक २, नयाँदिल्ली(भारत) । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।
यो संख्या २३१ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले बताएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले बताएका छन् । यो संख्या २२७ दिन यताको सबभन्दा कम भएको पनि बताइएको छ । हाल सक्रिय संक्रमित संख्या कुल संक्रमितको शून्य दशमलव ५४ प्रतिशत मात्र रहेको छ ।
कोरोनाभाइरसको महामारी शुरु भएयता हाल संक्रमणमुक्त दर ९८ दशमलव १४ प्रतिशत भएको मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय बताएको छ । रासस / एएनआई