काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा आजबाट बाघ गणना सुरु हुँदैछ। चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट गणना सुरु गर्न लागिएको विभागका सूचना अधिकारी एवं इकोलोजिष्ट वेद कुमार ढकालले जानकारी दिए। वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले गणना कार्यक्रमको उद्घाटन गरेपछि राष्ट्रिय बाघ गणना २०२२ आरम्भ हुनेछ। नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी ५ वटा राष्ट्रिय निकुञ्जमात्र बाघ पाइन्छ। फिल्ड गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति