मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार (भिडियो)

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छलमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हेलम्बु र मेलम्चीमा आएको बाढीले घर, सडक तथा पुल बगाएको छ । (भिडियो : आदित्य दाहालको फेसबुकबाट)

सम्बन्धित सामग्री

मेलम्चीमा छतमा फसेकाकाे हेलिकप्टरबाट उद्धार

काठमाडौं / सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो । The post मेलम्चीमा छतमा फसेकाकाे हेलिकप्टरबाट उद्धार appeared first on Purbeli News.

होटलमा फसेका २ जनालाई सेनाले यसरी गर्‍यो उद्धार

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजारको १ होटलमा फसेका २ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलको छतमा गुहार मागिरहेका उनीहरूलाई बुधवार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।  मंगलवार रातिदेखि आएको बाढीले होटलको भूइँतला डुबाएपछि उनीहरू होटलको छतमा बसेका थिए । मेलम्ची बजार आसपासमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।