तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते

तनहुँ - चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा हिजाे बेलुका एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेमा रहेकाे मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो । मेडिकलका डा महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ...