नेपाल- मरिसस फुटबल: नेपाल १-० ले अगाडि

नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल भईरहेको छ। खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो। खेल सुरु भएको १०औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका छन्।...

सम्बन्धित सामग्री

मरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

२० माघ, काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा नेपाल-मरिसस विजिनेश काउन्सिलले बुधबार रात्रिभोजको आयोजना गरेको छ । काउन्सिलले नेपालका लागि मरिससका महाबाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै विविध कार्यले सम्मान गरेको हो । सम्मानस्वरुप दिइएको रात्रिभोजमा बोल्दै महाबाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल […]

मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका साथै विविध कार्यले सम्मान गरेको हो ।सो क्रममा बोल्दै महावाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महसुस भएको भन्दै यस कार्यले नेपाल र मरिस

नेपाल-मरिसस मैत्रीपूर्ण फुटबलले दुई देशबीच व्यापार र पर्यटनको ढोका खोल्यो

माघ १९, काठमाडौं। नेपाल र मरिससबीचको मैत्रीपूर्ण फुटबल खेलले दुई देश बीचमा व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा हुने विश्वास गरिएको छ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएको मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा आयोजित रात्री भोजमा नेपाल-मरिसस बिजनेश काउन्सिलका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । नेपालका लागि मरिससका अवैतानिक महावाणिज्यदूत गणेश कार्कीले नेपालको इतिहासमा पहिलोपटक कुनै अफ्रिकी मुलुक नेपालले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा सहभागी भएकोले यो पर्यटन प्रवर्द्धनको लागि कोशेढुङ्गा हुन सक्ने बताए । आगामी दिनमा अन्य व्यापार र विदेशी लगानीका लागि समेत यो महत्वपूर्ण हुने उनको भनाई छ । मरिससका खेलाडी र प्रतिनिधिलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यो खेलबाट दुई देशबीच जनस्तरमै सम्बन्ध राम्रो हुने बताए । यो खेलबाट नेपाल र मरिससबीच व्यापार तथा पर्यटन प्रवर्द्धनको लागि निकै महत्वपूर्ण शुरुवात भएको पनि लामिछानेले बताए । नेपाल-मरिसस बिजनेश काउन्सिलको पहलमा नेपाल र मरिससबीच दुई ओटा मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको थियो । दुवै खेल नेपालले समान १-० गोल अन्तरले जितेको थियो । मरिससलाई हराउँदै घरेलु मैदानमा आयोजना भएको अन्तर्राष्ट्रिय फुटबलमा नेपालले १० वर्षपछि जित हात पारेको थियो ।

नेपाल भर्सेस मरिसस : तनावपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाडौं : नेपाल र मरिसस बिचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १-० को गोलअन्तरले जित निकालेको हो। खेलको पाँचौं मिनेटमा दर्शन गुरुङको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो। त्यसपछि खेलको दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। आशिस लामाले पुजन उपरकोटीलाई…

रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो

काठमाडौं : दशरथ रंगशालामा जारी नेपाल र मरिससविरुद्धको खेल रोकिएको छ। रंगशालामा बिजुली अवरुद्ध हुँदा खेल रोकिएको हो। दोस्रो हाफ सकिने अवस्थामा रंगशालामा रहेको चारवटै 'फल्ड लाइट' निभेपछि खेल अवरुद्ध भएको हो। आयोजकले वैकल्पिक व्यवस्था नगर्दा खेल नै रोकिएको हो। काठमाडौं भरि नै बिजुली निभ्दा रंगशालामा पनि बत्ती निभेको हो।  आज भएको…

नेपाल भर्सेस मरिसस: पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ: नेपाल र मरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलीले गोल गर्न सकेका छैनन्। खेलको १४औँ मिनेटमा सुमन लामाको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। ३५औँ मिनेटमा एडरेइन फ्रान्कोइसको प्रहार सिधै गोलकिपर किरण चेम्जोङको हातमा पुगेको थियो। इन्ज्युरी समयमा पाएको अवसरमा अञ्जन विष्ट…

मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेका मरिससका ४ खेलाडीमा कोरोना संक्रमण

नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मरिससको ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मरिससको राष्ट्रिय टोली सोमवार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परीक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मरिसस टोलीले जनाएको छ । खेलाडीहरू लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्लसन अगाथे र हान्स पटाटेमा कोरोना संक्रमण देखिएको राजधानी दैनिकमा खबर छ ।

नेपाल आइपुग्यो मरिससको राष्ट्रिय फुटबल टोली

काठमाडौं: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज काठमाडौं आइपुगेको छ। नेपालसँग दुई मैत्रीपुर्ण खेल खेल्न मरिससको राष्ट्रिय टोली आज काठमाडौं आइपुगेको हो। नेपाल र मरिससबीच माघ १५ र १८ गते दुई खेल हुनेछ। फिफा वरीयताका हिसाबले मरिसस नेपाल भन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा…

अफ्रिकाको यस्तो देश जहाँ ५६ प्रतिशत नागरिक हिन्दू धर्मावलम्बी छन्

अफ्रिका महाद्वीपको दक्षिणी किनारामा पर्ने मरिसस भन्ने देशमा ५६ प्रतिशत हिन्दू नागरिक बसोबास गर्छन भन्ने सायद कमैलाई थाहा छ । तर तथ्य यही हो । संसारमा नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दुहरूको बसोबास भएको देश मरिसस हो । मरिसससँग नेपालको श्रम मन्त्रालयले श्रम सम्झौता गर्ने तयारी पनि गरिरहेको छ । मरिससमा हिन्दूपछि धेरै जनसंख्या क्रिश्चियनहरूको रहेको छ । लगभग २८ प्रतिशत जनसंख्या क्रिश्चियनको रहेको छ भने १५ प्रतिशत मुस्लिमको जनसंख्या रहेको छ । बौद्ध धर्म मान्नेहरू १ प्रतिशतको हाराहारीमा छन् । मरिससको संविधानल...