न्यायपरिषदले स्थानीय तह निर्वाचनका लागि आयोगमा पठायो ४६७ अधिकृतको नाम

काठमाडौँ । न्याय परिषदले स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ४६७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । परिषदको सोमबारको बैठकले ९२ जना जिल्ला न्यायाधीश र न्याय सेवाका ३७५ जना उपसचिवको नाम आयोगमा पठाएको हो । हरेक जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । सिन्धुली […]

सम्बन्धित सामग्री

भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए । उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायत

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिन लागेका हुन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा […]

हुम्लामा स्थानीय तह निर्वाचन : पाँच महिला मतदान अधिकृत

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।निर्वाचनका लागि  डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,  सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता म

स्थानीय तह निर्वाचन : माेरङमा ९ उम्मेदवारविरुद्ध उजुरी – देशसञ्चार

विराटनगर- स्थानीय तह निर्वाचनका लागि मोरङमा उम्मेदवारी दिएकामध्ये ९ जनाविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

स्थानीय तह निर्वाचन: म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

म्याग्दी । जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन, यस्तो छ निर्वाचन कार्यतालिका

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ ।ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउँदैछन् ।  विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । […]

निर्वाचन आयोगले किन दियो मनोनयन दर्ताका लागि २ दिनको समय ?

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय राख्नुको कारण स्पष्ट गरेको छ । एकैदिन मनोनयन दर्ता गराउँदा हुने अत्यधिक चापलाई दृष्टिगत गर्दै दुई दलहरूलाई मनोनयन दर्ताका लागि दुई दिनको समय दिनुपरेको आयोगको भनाइ छ । ‘स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौँ महानगरपालिकामा जम्मा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगन्ज महानगरपालिकामा ११२५ जनाको मनोनयन पत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयन पत्र दर्ता गर्ने कार्यचाप अ

यस्तो छ स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको आयोगमा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । मतपत्र छपाइका …