मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आइतवार चट्याङ लागेर गम्भीर घाइते भएका विराज वाइबाको मृत्यु भएको छ ।
घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय विराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका स्थानीय ५६ व...