प्रचण्ड–माधव समूहका विद्यार्थीको आन्दोलन, बयलगाडा प्रदर्शनदेखि मन्त्रीलाई कालोझण्डा देखाउने

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले आज प्रेस विज्ञप्ति जारी गरेर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।‘संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरता पूर्ण कार