काठमाण्डाै – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार 'तमु ल्होसार' पर्व मनाउँदैछन् । 'ल्हो' को अर्थ वर्ष र 'सार' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होसार' भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसप...