काठमाण्डाै – सीमा क्षेत्रमा भइरहेको तनावका बीच पनि यो वर्षको ११ महिनामा भारत र चीनको व्यापार इतिहासमै सबैभन्दा धेरै भएको छ । वर्षभरि नै भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहे पनि दुई देशबीच अहिलेसम्मकै धेरै व्यापार र व्यापार घाटा भएको भारतीय सञ्चारमाध्यम भास्कर डटकमले जनाएको छ ।जनवरीदेखि नोभेम्बरसम्म भारत र चीनबीच आठ लाख ५७ हजार करोड भारतीय रुपैयाँको व्यापार भएको छ र यो अघिल्लो वर्षको ११ महिनाको तुलनामा ४६ दशमलव चार प्रतिशतले धेरै हो । यसमा भारतले आयात गर्ने हिस्सा निकै धेरै छ । भारतले ११ महिनामा ६...