काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गरिरहेको छ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर कर्णालीले पहिला ब्याटिङको निम्तो पाएको हो । यस खेल यी दुवै टोलीको सिजन २ को अन्तिम खेलमा हो । दुवै टोली लिग चरणबाट बाहिरिने निश्चित छ ।