बाइडनबाट जसरी भए पनि सत्ता खोस्ने ट्रम्पको दाबी

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार डेढ घन्टा भाषण गर्दै बहालवाला राष्ट्रपति जो बाइडनमाथि शाब्दिक आक्रमण गरेका छन् ।  नर्थ क्यारोलाइनाको ग्रीनभिलमा उनले गरेको यो भाषण राष्ट्रपति पदबाट हटेपछिको दोस्रो हो ।  भाषण शुरू गरेलगत्तै ट्रम्पले बाइडनका नीतिहरूको धज्जी उडाउन थाले ।  ‘हाम्रो मुलुक हाम्रै आँखाअगाडि ध्वस्त बनाइँदैछ । देशमा लागूऔषध आइरहेका छन्, इन्धनको मूल्य आकासिएको छ, विदेशी साइबर आक्रमणबाट हाम्रा उद्योगहरू ध्वस्त पारिएका छन् । हाम्रा नेताहरू चीनसमक्ष झुकेका छन् । अमेरिकालाई विश्व मञ्च...