दुर्घटनामा एक जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको हो । बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका  प्रमुख  डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् ।