ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी

काठमाडौँ । प्रहरी कार्यालयमै महिलामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी भएको छ । अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरीले आइतबार कुटपिट गरेको अभियोगमा सङ्ग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको […]

सम्बन्धित सामग्री

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका- ४ घर भई हाल काठमाडौं सानोभर्‍याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर …

शङ्करदेवका उप-प्राध्यापकमाथि नेविसंघका कार्यकर्ताद्वारा अभद्र व्यवहार

काठमाडौँ । शङ्करदेव क्याम्पसका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेका छन् । शङ्करदेवमा सञ्चालित प्राइभेट कार्यक्रमहरू बीबीई, बीबीए फाइनान्स, बीपीएम, बीआईएमको भर्ना अन्तिम समय बुधबार थियो । बीआईएमका कोअर्डिनेटर रहेका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाब दिँदै अभद्र व्यवहार गरेका थिए । उप-प्राध्यापक रवीन्द्र भट्टराईले भने, […]

प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

भक्तपुर,८ साउन । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको […]

असईबाट अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरीको प्रदर्शन

६ जेठ, बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको […]

नाबालकलाई अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

काठमाडौं, ८ चैत्र । नाबालकलाई अभद्र व्यवहार गर्ने ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२० कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक जना नाबालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२१ लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय […]

अभद्र व्यवहार कसुरमा ६ जना पक्राउ

दैलेख : दैलेख प्रहरीले अभद्र व्यवहार कसुरमा ६ जनालाई पक्राउ गरेको छ।माघ १३ गते दुल्लु नगरपालिका–९ मा कार्यरत वडा सचिव रत्नाकुमारी गिरीसँगै सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार वडा कार्यालयमा कामकाज गरिरहेको अवस्थामा वडा सचिव र सामाजिक परिचालकलाई अभद्र व्यवहार गरी मोसो दल्न खोज्ने लगायतका काम गर्ने ६ जनालाई पक्राउ गरिएको बताए।पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ बस्ने २५ वर्षीय

हामीले कसैलाई अभद्र व्यवहार गरेका छैनौं : अमात्य

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति मदन अमात्यले आफू र आफ्नो समूहले कसैमाथि अभद्र व्यवहार नगरेको बताएका छन् । ललितपुर जिल्ला अधिवेशनमा उदय शम्सेर राणामाथि अमात्य पक्षका कार्यकर्ताहरुले अभद्र व्यवहार गरेको आरोप लागेका बेला अमात्यले त्यसको खण्डन गरेका हुन् । अमात्यले आफूहरुले कसैमाथि अभद्र व्यवहार नगरेको बरु प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गर्न खोजेको […]

बृध्द महिलालाई अभद्र व्यवहार

मोरङ्गमा बृध्द महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन।

महिलालाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

मोरङ, २४ साउन । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका(२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्। तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ।