पूर्व गृहराज्यमन्त्री कँडेललाई हराउँदै राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्य पदमा राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधान भारी मतले निर्वाचित भएका छन् । प्रधान  निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतले पछाडि पार्दै विजयी भएका हुन् । प्रधानले ३४ हजार ९५९ मत प्राप्त गरेका छन् भने कँडेलले १९ हजार ५९४ मत पाएका छन्। त्यस्तै एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मत प्राप्त गरेका छन् ।   उक्त क्षेत्रमा कुल १ लाख २२ हजार ६८० मत रहेकोमा ८८

सम्बन्धित सामग्री

गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ मा राप्रपाका बाेहरा विजयी

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी हुनुभएको छ । विजयी राप्रपाका बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता एवम् गृहन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बालकृष्ण खाण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

मोरङ २ मा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई १२ सय ५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसकी उम्मेदवार कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गर्नुभयो ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत पाउनुभएको छ भने राप्रपाका गोपाल दाहालले २७ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

पूर्वमन्त्रीलाई  हराउँदै विजयी बने कांग्रेसका भीम पराजुली

विराटनगर : मोरङको क्षेत्र ४(२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन्।पराजुलीले पूर्व  सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई  पराजित गर्दै  संसदीय यात्राको ढोका खुलेका हुन। निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता  घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याएका छन्। तेस्रो भएका राप्रपाका माधव प्रसाद आचार

२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित

काठमाडौँ : मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् । उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि नै जित्ने आश मारिएको र तेस्रो भइरहेका सिंहले अन्तिममा […]

डिना र कमल थापालाई हराउँदै मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

मकवानपुर –  मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ । सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो ।  यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ स...

दार्चुलामा प्रदेशसभातर्फ एमालेका जोशीलाई हराउँदै माओवादीका धामी विजयी

दार्चुलाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका मान बहादुर धामी विजयी भएका छन् । एमालेका राम दत्त जोशीलाई पराजित गर्दै धामी विजयी भएका हुन् । धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए ।

ललितपुरको महालक्ष्मी नगरप्रमुखमा एमालेका हरिगोविन्द श्रेष्ठ विजयी

ललितपुर : महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ विजयी भएका छन्। उपप्रमुखमा कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएकी छिन्।मेयरमा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार शिव कट्टेललाई तीन हजार ६५२ मतान्तरले हराउँदै श्रेष्ठ नगरप्रमुख निर्वाचित भएका हुन्। उनले नौ हजार ३५० मत ल्याउँदा कट्टेलले पाँच ६५८ मत प्राप्त गरे। यस्तै नेकपा समाजवादीका नकुल थापाले ३ हजार ८९१ मत ल्याए। राप्रपाका प्रविण खत्रीले दुई हजार ५९३ मत पाउँदा स्वतन्त्रमा उम्मेदवार दिनेशप्र

दमकमा ओलीलाई धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हु

एमालेलाई हराउँदै हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका लिङ्देन विजयी

झापा, जेठ ४ । झापाको हल्दीबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रप्रसाद लिङ्देन ६८५६ मतसहित अध्यक्षमा दोहरिएका छन् । लिङ्देनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत प्राप्त गरेका छन्। यस्तै, कांग्रेसका तुलसीप्रसाद ओली २७५८ मतसहित तेस्रो स्थानमा रहेका छन्। उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्। उनले ५०७८ मत ल्याएर विजयी भएकी हुन्। उनका […]

राप्रपालाई हराउँदै धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी

धादिङ – धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ । रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गोम्बा घलेले २५९७ मत प्राप्त गर्नुभएको हो । यसअघि राप्रपाले जितेको रुबीभ्याली गाउँपालिकामा राप्रपाका केन्द्र...