प्रतिनिधि सभा विघटन : सबै रिट निवेदन संवैधानिक इजलासमा

प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । यसअघि संवैधानिक इजलासमा सुनुवाइ हुने गरी एक मात्र रिटको पेसी तोकिएको थियो । सर्वाेच्च अदालतमा दर्ता भएका कुल १३ मध्ये १२ रिटलाई नियमित इजलासमा तोकिएको थियो तर बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधान व्याख्यासँग सम्बन्धित विषय रहेको भन्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । अब शुक्रबारदेखि संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ हुनेछ ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा धारा १२८ कि १३७ आकर्षित हुने भन्नेमा झमेला

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन विरुद्धका रिटहरु संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस–सुनुवाई हुने भन्नेमा विवाद देखिएको छ ।सर्वोच्च अदालतमा रिट निवेदन दिएका १२ जना निवेदकहरुले संविधानको धारा १२८ अन्तर्गत बृहत् पूर्ण इजलासमार्फत सुनुवाई हुनु पर्ने माग सहित हिजै निवेदन पेश गरेका थिए । यद्यपि हिजो त्यो निवेदन दर्ता भएन । आज संवैधानिक इजलास सुरु हुनेवित्तिकै कानून व्यवसायीहरुले बृहत् पूर्ण इजलासको माग गरिसकेका छन् । अधिव