नेपालको नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय भएका हुन् ।
उनीहरुले संसद् खुल्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेका छन् ।
दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको ब...