बंगलादेशमा थप एकमहिना लम्बियो लकडाउन

बंगलादेशमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जारी रहेको लकडाउन पनि थप एकमहिना थपिएको छ। बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि लकडाउनलाई थप एकमहिना थपिएको बुधबार जानकारी दिएको छ। सो लकडाउन बुधबार रातिदेखि थपिएको छ। आगामी महिना जुलाईको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको  छ।त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरू सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ। सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छ

सम्बन्धित सामग्री

तिब्बतमा लम्बियो लकडाउन, नेपाल हिंडेका कन्टेनरबारे समन्वय सुरु

५ भदौ, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा थप तीन दिन लकडाउन लम्बिएको छ । आइतबार एक सूचना जारी गर्दै तिब्बत प्रशासनले आगामी बुधबार (२४ अगष्ट) सम्मका लागि लकडाउन थप गरेको हो । लकडाउन थप भएसँगै त्यहाँ रहेका मानिसहरुमा कोभिड–१९ परीक्षण र उनीहरुलाई आइसोलेसनमा राख्ने कार्य तीब्र पारिएको छ । तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त […]

अस्ट्रेलियाको न्यू साउथ वेल्समा एक महिना लकडाउन लम्बियो

काठमाण्डाै - कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लकडाउन थपिएको छ । लकडाउन थप एक महिना थपिएको हो । यसअघि अगष्ट २८ सम्म रहेको लकडाउन सेप्टेम्बर अन्त्यसम्म लम्बिएको बीबीसीले जनाएको छ । यस्तै त्यहाँका  अति प्रभावित १२ वटा सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातदेखि लागू हुने गरि कर्फ्युको घोषणा गरिएको छ । यस्तै, मास्कको प्रयोगलाई अनिवार्य गरिएको  छ ।

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २७ गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको छ । प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जा

सिड्नीको लकडाउन थप एक साता लम्बियो

सीड्नी र वरपर पछिल्लो २४ घण्टामा २७ नयाँ संक्रमण फेलापरेपछि न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म लकडाउन लम्बाइएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताइन्।

बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ ।  उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ ।  यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकल...

दिल्लीमा लकडाउन एक हप्ता लम्बियो

एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो । कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन लम्ब्याएको हो । भारतको अधिकांश शहरहरुमा लकडाउन गरिएको छ । त्यहाँ कोरोना संक्रमण भयावह भएको छ ।-फाइल तस्बिरः एजेन्सी

बर्दियामा निषेधाज्ञा लम्बियो, वैशाख मसान्तसम्म कडा लकडाउन

बर्दिया : कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बर्दियामा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ। बर्दियामा अब वैशाख ३१ गतेसम्मका लागि कडा खालको लकडाउन गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार वैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। यसअघि गएको सोमबारबाट बर्दियाका मुख्यमुख्य बजार क्षेत्रहरूमा १९ गते रातिसम्मका लागि निषेधाज्ञा गरिएको थियो।कारोना महामारीले भयावह रूप लिने अवस्था देखिएपछि कडा खा

दिल्लीमा लकडाउन फेरि एक साता लम्बियो

वैशाख १२, नयाँदिल्ली(भारत) । भारतको राजधानी दिल्लीमा कोरोना महामारीको विद्यमान अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पुन : लकडाउनको अवधि  थप एक हप्ता लम्ब्याएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले आइतवार लकडाउन लम्ब्याएको घोषणा गर्दै आगामी सोमवार विहान ५ बजेसम्म लागू हुने बताए । दिल्लीमा लागू गरिएको लकडाउन सोमवार विहानबाट सकिदै थियो । अक्सिनजको अभावका कारण सो क्षेत्रका कोरोना संक्रमितहरुले निक्कै सास्ती बेहोर्नु परिरहेको छ ।   उनले दिल्लीका लागि ४०० टन अक्सिजन तयारी हालतमा राखिएको छ जवकि त्यहाँ ७०० टन अक्सिजन जरुरत रहेको छ । भारतमा एक दिनमा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ । त्यहाँको  केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले आइतवार विहान २ हजार ७६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३११ पुगेको छ । एजेन्सी