सांसद र निर्माण व्यवसायीबीच आरोप्रत्यारोप

काठमाडौं, पुस २९ । भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले एकमत जनाएका छन् । बिहीबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । निर्माण व्यवसायीले विकास […]

सम्बन्धित सामग्री

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेशको तयारीमा

काठमाडौं,१ मंसिर । पूर्व सांसद तथा विवादास्पद निर्माण व्यवसायी हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी उनी एमाले प्रवेशको तयारीमा लागेका हुन् । उनलाई पार्टी प्रवेश गराउने एमालेले मंसिर ५ गते पर्साको पोखरियामा वृहत्त पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । […]

निर्माण व्यवसायी आन्दोलनमा मेरो पूर्ण समर्थन छ : सांसद सापकोटा

काठमाडाैँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट नपाएको भन्...

निर्माण व्यवसायी आन्दोलनमा मेरो पूर्ण समर्थन छ : सांसद सापकोटा

काठमाडाैँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट नपाएको भन्...

निर्माण व्यवसायी आन्दोलनमा पूर्ण समर्थन छ : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन […]

निर्माण व्यवसायी कान्छारामले कसरी पाएका थिए टिकट ?

मंसिर ४ गते हुने निर्वाचनमा रामेछापमा माओवादी केन्द्र र नेपाली काँग्रेस रामेछापको प्रतिनिधिसभा कसले लिने भन्नेमा अन्तिमसम्मै छलफलमै रहे । रामेछापबाट श्यामकुमार श्रेष्ठ (कुशल)ले आफूले प्रतिनिधिसभामा पुनः टिकट नपाउने हो भने काँग्रेसलाई छोड्दा हुने भन्दै लविङ गरिरहेकै थिए । कुशल जसरी पनि युवराज चौलागाईलाई रोक्ने मिशनमा थिए भनेर माओवादीकै स्थानीय नेताले स्वीकार गरिसकेका छन् ।यसै शिलशिलामा रामेछापबाट कुशल समूहका केही स्थानीय नेताहरु आएर अध्यक्ष प्रचण्डलाई भेट्न आए । उनीहरुले प्रतिनिधिसभा छोडेर प्रदेशका २ वटै क्षेत्र लिन सुझाव दिए । यसको तारतम्य कुशलले नै असोज दोस्रो हप्ता मिलाएका थिए । रामेछापको प्रतिनिधिसभा माओवादीले छोड्ने, छोड्न प्रचण्डलाई ‘कन्भिन्स’ पनि गराउने तर, यसवापत कान्छारामले प्रचण्डलाई समेत ‘भाग’ पुग्ने गरी केही रकम खर्चिनुपर्ने प्रस्ताव माओवादीबाट प्रतिनिधिसभाका दाबेदार युवराज चौलागाई इतरको समूहबाट काँग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) समक्ष पुगेको स्रोतले दाबी गरेको छ । तर, कान्छारामले भने संघीयता अगाडी जिल्लामा २ वटा निर्वाचन क्षेत्र हुँदा पनि १ नम्बर क्षेत्रमा काँग्रेस पहिल्यैदेखि बलियो रहेको र तत्कालिन २ नम्बर क्षेत्र माओवादीको पकड क्षेत्रबाट गुमिसकेकाले आफूले माओवादीका नेतालाई पैसा दिएर टिकट लिनुनपर्ने जवाफ पठाएको बताइन्छ ।साथै, कान्छाराम तामाङले आफूले रामेछापमा गरेको समाजसेवा नै आफ्नो जितको लागि पर्याप्त रहेको र सहमतिमा टिकट दिए आफूले एमालेका उम्मेदवारलाई सहजै पराजित गर्ने दलिल पेश गरेका थिए । ‘पैसा माग्नेले उहाँ (कान्छाराम)सँग ५ करोड भन्या थिए, प्रचण्डसम्म पुर्याउनुपर्छ भनेर भनेका थिए भन्ने छ, अब प्रचण्डले नै खटाएका हुन् की, के हो त्यो चाहिँ उनीहरु नै जानुन् । कान्छाराम चाहिँ पैसा दिन्न, तर प्रदेश लिने हो भने २ वटै क्षेत्रमा माओवादीका उम्मेदवार जिताउँछु, रामेछापमा चुनाव जित्न हामीलाई नेकपा समाजवादी चाहिँदैन, उसलाई भाग लगाउनु पनि पर्दैन भन्नेमा अडिक रहनु भयो’ स्रोत बताउँछ, ‘गठबन्धन नै हुँदा पनि माओवादीबाट उम्मेदवार बन्ने भनेको कि कुशल, कि युवराज नै थिए । कुशललाई जहाँ पुग्यो, त्यहीँबाट लखेट्ने अवस्था छ, २ पटक सांसद हुँदा पनि काम नगरकोमा गुम्देलदेखि गौश्वारासम्मका मान्छेलाई रिस छ । युवराजलाई कसैले चिन्दै चिन्दैन । त्यहीँ भएर प्रदेश जसरी पनि जिताउने सर्तमा रामेछापको प्रतिनिधिसभा काँग्रेसलाई छोड्न माओवादीका अध्यक्ष प्रचण्ड तयार भएका हुन् ।’ कान्छारामले ‘क्यास’ दिएको नभई गठबन्धन भएकाले प्रदेशसभा सदस्यका लागि माओवादीबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ (क) र युवराज चौलागाई (ख)लाई चुनाव खर्च भने दिने सहमति भएको दाबी स्रोतको छ । ‘ठ्याक्कै यती भन्ने थाहा छैन, तर कान्छारामले बिगुल (तारानायरण) र युवराजलाई चुनाव खर्च अलिअलि दिनु भएको छ । उहाँले बैमान गर्नु भएको छैन, माओवादीलाई भोट हाले हाल, नहाले नहाल, मलाई चाहिँ रुखमा भोट हाल भन्नु भएको छैन, जहाँ पुग्नुभएको छ, त्यहाँ गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न भन्नु भएको छ’ स्रोतले भन्यो ।असोज २३ गते उम्मेदवारहरुको मनोनयन दर्ता थियो । टिकट लिन अन्तिम समयसम्म कुर्नु परेकाले उम्मेदवार कान्छाराम अन्तिम समयमा मात्रै मनोनयनका लागि पुगेका थिए ।मनोनयन पश्चात असोज २५ गते कान्छाराम पुनः ५ सिट क्षमताको इक्वेरल हेलिकप्टर लिएर मन्थलीस्थित रामेछाप विमानस्थल ओर्लिए । आजभोली भोट माग्न चुनावी अभियानका क्रममा गाउँ गाउँ पुगेका उनी ‘एमालेलाई भोट नहाले म हेलिकप्टर चढाउँछु, सुर्यमा भोट नहाले गाउँमा कोही बिरामी भए आफैँ हेलिकप्टर लिएर उपचार गराउन लैजान्छु’ भनेर आश्वासन बाँडिरहेका छन् ।‘क’ वर्गका ठेकेदार रहेका कान्छाराम गत निर्वाचनमा पनि प्रतिनिधिसभाकै उम्मेदवार थिए । त्यतिबेला वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ (कुशल)सँग पराजित भएका थिए ।

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए । महासङ्घका मानार्थ सदस्यसमेत रहेका सङ्घीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक […]

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए ।महासंघका मानार्थ सदस्यसमेत रहेका संघीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्

कांग्रेस सांसद रामहरि खतिवडाले मागे गृहमन्त्रीको राजिनामा :: Pahilopost.com

काठमाडौं : कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा गृहमन्त्रीको राजिनामा मागेका छन्। आजको संसद बैठकको विषेश समयमा बोल्दै सांसद खतिवडाले दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या घटना संसदमा जानकारी दिनुपर्नेमा गृहमन्त्री उपस्थित नै नभएको भन्दै राजिनामा माग गरेका हुन्। 'दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली ठोकेर हत्या भएको छ, अहिलेसम्म