जिउँदो ब्राेइलर कुखुराको मूल्य घटेपछि किसान समस्यामा

सर्लाही – सर्लाहीमा जिउँदो ब्राेइलर खुखुराको मूल्य घटेपछि कुखुरा पालक किसान समस्यामा परेका छन् । एक महिनादेखि जिउँदो ब्राेइलर कुखुराको मूल्य लगातार घटेकाले पोल्ट्रि व्यावसायीहरुको पेशा संकटमा परेको छ । अहिले जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रति केजी १ सय ३५ रुपैयाँमा झरेपछि किसानलाई  लागत मूल्य उठाउन समस्या ...

सम्बन्धित सामग्री

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ।...

उखु बिक्री गरेकाे ९ महिना बितिसक्दा पनि किसानले अनुदान रकम पाएनन्

सर्लाही – सर्लाहीका उखु किसानले सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको रकम अझैसम्म पनि पाएका छैनन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा उखु किसान समस्यामा परेका छन् । सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल परेको हरिवन नगरपालिका–६ का उखु किसान रामउदगार महतोले  गुनासो गर्नुभयो । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि  उखुको समर्थन मूल्य प्रतिक्विन्टल छ सय १० रुपैयाँ निर्धारण गरेको थियो । ...

कुखुरापालक किसान समस्यामा

सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ।

बजारको समस्याले कपिलवस्तुका उखु किसान चिन्तित

कपिलवस्तु । पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।  सुगर मिल नहुँदाको फाइदा

तनहुँमा फौजी किराको प्रकोप, मकै र कोदोबाली नष्ट

तनहुँकाे व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने । राम्रो मूल्य पाउने आश

धनकुटामा कालाे बंगुरकाे मासु र पाठापाठी बिक्री वितरण ठप्प

धनकुटा । धनकुटामा लामो समयसम्म कालाे बंगुुरकाे मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्यामा परेका छन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री वितरण ३ महिना यता ठप्प जस्तै भएकाे हाे । यहि समयमा ब्यापारीहरुले बंगुरको दानामा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् । किसानको बंगुर बिक्री भएकाे छैन् ऋण गरेर […]

पेट्रोलियम पदार्थको मूल्य नघटाएकोमा संसदमा आपत्ति

‘पुस्तक नपाएर विद्यार्थी समस्यमा छन्, मल नपाएर किसान समस्यामा छन्, सरकारलाई हतियार किन्ने पैसा हुन्छ, तर मल किन्ने पैसा हुँदैन,’...

दूधको भुक्तानी नपाउँदा छाक टार्ने पिरलो

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन ।...

निषेधाज्ञाले आँपको बजार प्रभावित हुँदा किसान समस्यामा

काठमाडौं । निषेज्ञाले गर्दा आँपको बजार प्रभावित हुँदा आँप उत्पादक किसान तथा व्यवसायी समस्यामा परेका छन् । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञाका कारण आँप उत्पादक किसान तथा व्यवसायीलाई सहज रूपमा आँप बजारसम्म पुर्‍याउन समस्या परेको छ । अहिले मालदह, कलकतिया, सिरीह, बम्बई, किसुनभोग, दशहरिलगायत जातका आँपको सिजन शुरू भइसकेको छ । तर, यसवर्ष आँपले अघिल्ला वर्षहरूमा झैं बजार पाउन सकेको छैन । यही कारणले गर्दा किसानहरूले समस्या भोग्नुपर्ने अवस्था आएको हो । सिराहा कृषि ज्ञानकेन्द्रका प्रमुख किसुन देव राउतले निषेधाज्ञाका कारण आँपले राम्रो बजार पाउन नसकेको बताए । सामान्य अवस्थामा उत्पादक किसानहरूले आफूले उत्पादन गरेका आँप आफैले स्थानीय बजारसम्म लगेर विक्री गर्ने गथे । तर, जारी निषेधाज्ञाका कारण स्थानीय हाट बजारहरू बन्द भएकाले त्यसरी बेच्न नसकिएको उनको गुनसो छ । फलफूल पसलहरू पनि बिहान बेलुका मात्र खुल्ने भएकाले आफ्नो उत्पादन सजिलै बेच्न सक्ने वातावरण नभएको उनले सुनाए । सिराहा र सप्तरी जिल्लामा मात्रै करीब १५ हजार ६ सय हेक्टर जमीनमा आँप खेती गरिन्छ । यो वर्ष अफ सिजन भएकाले र असिना पानीका कारण उत्पादन पनि गतवर्षको तुलनामा घटेको सिराहा कृषि ज्ञानकेन्द्रले जानकारी दिएको छ । गतवर्ष यी दुई जिल्लामा प्रतिहेक्टर १५ देखि २० मेट्रिकटन आँप फलेको थियो भने यसवर्ष उत्पादन घटेर प्रतिहेक्टर साढे ५ मेट्रिक टन मात्रै फलेको छ । एकातर्फ उत्पादन घटेको छ भने अर्कातर्फ भएको उत्पादन पनि राम्ररी बजारमा बेच्न पाइएको छैन । त्यसैले आफूहरू समस्यामा परेको सिराहा र सप्तरी जिल्लाका किसानहरूले बताएका छन् । सिराहा, सप्तरीलगायत जिल्लामा उत्पादित आँपको मुख्य बजार काठमाडौं, चितवन, इटहरी, पोखरा, हेटौंडालगायतका शहर हुन् । तर, निषेधाज्ञाका कारण बजार राम्रोसँग चलायमान नहुँदा ती शहरबाट व्यापारीहरूले समेत ठूलो मात्रामा आँपको माग नगरेकाले किसानहरू मर्कामा परिरहेको बताइएको छ । आँप र लिच्चीको मूल्य बढ्यो उत्पादन घटेको र आपूर्ति व्यवस्था राम्रो हुन नसक्दा आँप र लिच्चीको मूल्य गतवर्षको तुलनामा वृद्धि भएको पाइएको छ । यसवर्ष आँपको जस्तै लिच्चीको पनि उत्पादन खासै राम्रो हुन नसकेको यसमा संलग्न किसान तथा व्यवसायीहरूले बताएका छन् । कुलेश्वर फलपूल बजार विकास समितिका प्रमुख अमर बानियाँले यसवर्ष लिच्चीको उत्पादन घटेकाले झापा, धादिङ, नवलपुरलगायत जिल्लाबाट बजारमा लिच्ची आपूर्ति तुलनात्मक रूपमा घटेको बताए । नेपाली लिच्ची मात्रै नभएर भारतीय लिच्चीको समेत आपूर्ति घटेको उनी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचिअनुसार गतवर्ष यस समयमा मालदह आँपको थोक औसत मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको थियो भने यसवर्ष मूल्य बढेर १ सय ५० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी कलकत्ते आँपको मूल्य गतवर्षको यो समयमा प्रतिकिलो ६० रुपैयाँ किलो थियो भने अहिले १ सय २५ रुपैयाँ पुगेको पाइएको छ । आँपको जस्तै लिच्चीको मूल्य पनि गतवर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको पाइएको छ । विकास समितिको मूल्य सूचिअनुसार गतवर्ष प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेको लिच्चीको मूल्य यस वर्ष बढेर ३ सय १० रुपैयाँ पुगेको छ । लिच्चीको दाना लाग्ने समयमा नै परेको असिना पानीका कारण यस वर्ष उत्पादन घटेको बताइएको छ ।

अदुवाको मूल्य घटदा किसान समस्यामा

धनकुटा,  पुस ३० गते । प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् । आन्तरिक...