मध्यपूर्वमा रहेका नेपालीहरुले आईतबार ६ सयवटा अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

 नेपालमा कोरोनाको बढ्दो महामारीमा अक्सिजनको अभावले धेरै नेपालीहरुले ज्यान गुमाइरहेको बेलामा मध्यपूर्वी मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले अक्सिजन सिलिन्डर खरीद गरी नेपाल पठाउने तयारी गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी ओमन लगायत अन्य मध्यपूर्वका एनसीसीहरुको सहयोग र नेपाली राजदूतावास ओमानको पहलमा ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो।प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिन्डर खरिद प्रक्रिया सकिएको र आउँदो आइतबारसम्म नेपाल पुर्याउने लक्ष्य रहेको ओमानस्थ