भारतबाट अनुदानमा प्राप्त खोप सरकारको तयारी पूरा नभएकाले जिल्ला तहसम्म पुर्याउन ढिलाइ हुने भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए पनि कुन जिल्लामा कसले खोप पाउने भन्ने तथ्यांक अझै यकिन भएको छैन ।