गर्भवतीको मृत्युपछि उदयपुर अस्पतालमा तनाव

उदयपुर अस्पतालमा गएराति गर्भवतीको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ। उदयपुरगढी गाउँपालिका–६ की ३२ वर्षीया सीता राउत कार्कीको प्रसूति सेवा लिने क्रममा मृत्यु भएको हो। गर्भवतीको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले लापरवाही भएको भन्दै आक्रोश पोख्ने क्रममा तनावपूर्ण स्थितिको सिर्जना भएको हो।